८० लाखको कोभिड-१९ कोष बनाउने चितवनका चार नगरपालिकाको निर्णय

चितवन। पूर्वी चितवनका चार नगरपालिकाले कोरोना भाइरसको संक्रमण नियन्त्रण र राहतका लागि कोष खडा गरेका छन्।

रत्‍ननगर नगरपालिका, खैरहनी नगरपालिका, कालिका नगरपालिका र राप्ती नगरपालिकाले सम्भावित प्रकोप व्यवस्थापनको लागि ८० लाखको कोष बनाएका हुन्।

बैठकले रत्ननगर नगरपालिका प्रमुख नारायण वनको संयोजकत्वमा खैरहनी नगरप्रमुख लालमणि चौधरी, कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठ र राप्ती नगरपालिका प्रमुख प्रभा बराल सदस्य एवं रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टुवराज पोखरेल सदस्यसचिव रहेको एक समिति गठन गरेको छ।

समितिले कोरोना भाइरसको संक्रमण नियन्त्रण, राहत वितरणलगायत अन्य व्यवस्थापनको काम गर्नेछ। रासस

प्रतिक्रिया दिनुहोस्