चीनमा कोरानाका नयाँ ४५ बिरामी

बेइजिङ। चीनमा कोरोना भाइरसका नयाँ ४५ बिरामी फेला परेका छन्। यो २८ मार्च शनिबारको तथ्यांक हो।

समाचार एजेन्सी रोयटर्सका अनुसार अघिल्लो दिनको तुलनामा कम हो। २७ मार्चमा चीनमा ५४ जना नयाँ बिरामी फेला परेका थिए। स्वास्थ्य अधिकारीहरूका अनुसार ४५ जनामध्ये एक विदेशबाट फर्केका व्यक्ति हुन्।

शनिबार चीनमा कोरोनाका कारण पाँच जनाको ज्यान गएको छ। सबैजना हुबेई प्रान्तको वुहान शहरका बासिन्दा हुन्।

वुहान नै कोरोना भाइरसको उद्‍गम स्थल हो। चीनमा कोरोनाका कारण हालसम्म तीन हजार तीन सय जनाको मृत्यु भइसकेको छ भने ८१ हजार चार सय ३९ जनामा संक्रमण फेला परेको छ।

वुहानमा बिरामी र मृत्यु कम हुँदै जाँदा लकडाउन हटाउँदै लगिएको छ। शनिबार बिहान पहिलोपटक रेल सेवा पुनः सञ्‍चालन गरिएको छ। बीबीसी

प्रतिक्रिया दिनुहोस्