लुक्लामा अलपत्र पर्यटकहरुको आज सात वटा जहाजले उद्धार गर्ने

काठमाडौं। लकडाउनको आज छैटौं दिन अलपत्र परेका विदेशी पर्यटकको उद्धारका लागि बिहानैदेखि जहाजहरूले उडान भर्न शुरू गरेका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार काठमाडौं-लुक्लाको लागि समिट एअरको ३, सिता एअरको १ र तारा एअरको ३ वटाले उडान अनुमति पाइसकेका छन्।

"तारा एअरले अझै दुई वटा उडान भर्न अनुमति मागेको छ", क्षेत्रीले देखापढीसँग भने।

अहिलेसम्म उद्धारका लागि कुनै अन्तर्राष्‍ट्रिय उडान भने तय भइसकेको छैन।

कोभिड-१९ फैलिन नदिन सरकारले लागू गरेको लकडाउनका कारण हवाइ तथा सडक मार्ग बन्द छ।

यो बीचमा अलपत्र परेका विदेशी नागरिकहरूलाई सम्बन्धित दूतावासको अनुरोधमा पोखरा, लुक्लालगायतका क्षेत्रबाट उद्धार गरी एअरलिफ्टबाट घर फर्काइँदै आइएको छ।

प्रतिक्रिया दिनुहोस्