प्रदेश ५ : कोभिड-१९ परीक्षण गरिएका ३६ मध्ये २३ रिपोर्ट नेगेटिभ, १३ जनाको परीक्षण हुँदै

बुटवल। प्रदेश ५ मा कोरोना भाइरस संक्रमणको आशंका गरिएका ३६ जनामध्ये नमूना परीक्षण गर्दा २३ जनाको रिपोर्ट नेगेटिभ आएको छ। १३ जनाको रिपोर्ट आउन बाँकी छ।

सामाजिक विकास मन्त्रालय महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले रिपोर्ट नेगेटिभ देखिएपछि उनीहरुलाई घर पठाइएको जानकारी दिए।

अन्य १३ जनालाई विभिन्‍न अस्पतालका आइसोलेसनमा राखिएको चौधरीले बताए।

लकडाउन भएपछि हवाइसेवा बन्द हुँदा बिरामीको थ्रोट स्वाब परीक्षण गर्न गाडीबाट काठमाडौं पठाउनुपर्ने भएकाले केही ढिलाइ भएको उनले जानकारी दिएका छन्।

शंकास्पद बिरामीको परीक्षणका लागि नमूना संकलन गरिएकामध्ये लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबाट १७ र भीम अस्पताल भैरहवाबाट एकजनाको पठाइएकोमा १६ जनाको रिपोर्ट नेगेटिभ आएको छ।

दुईजनाको रिपोर्ट आउन बाँकी छ।

यस्तै प्रदेशअन्तर्गत दाङबाट पाँच जनाको स्वाब नमूना पठाइएकामा सबै रिपोर्ट नेगेटिभ देखिएको छ।

बाँकेबाट १३ जनाको नमूना पठाइएकामा सात जनाको नेगेटिभ रिपोर्ट देखिएको र अन्य ६ जनाको रिपोर्ट आउन बाँकी छ। रासस

प्रतिक्रिया दिनुहोस्