लकडाउनको उल्लंघन गर्ने एक हजार ८४७ जना उपत्यकाबाट पक्राउ, ६२९ जना अझै प्रहरी नियन्त्रणमा
काठमाडौं। प्रहरीले उपत्यकाका तीन जिल्ला ललितपुर, भक्तपुर र काठमाडौंबाट लकडाउन उल्लंघन गर्ने एक हजार ८४७ जनालाई पक्राउ गरेको छ।

कोभिड-१९ फैलिन नदिन सरकारले लागू गरेको लकडाउनमा नागरिकलाई घरबाट बाहिर ननिस्किन र सावधानिका उपाय अपनाउन भनिएपनि अटेर गर्ने क्रम बढेपछि प्रहरी झनै आक्रामक रूपमा प्रस्तुत भएको हो।

आज बिहान ९ बजेसम्म मात्रै उपत्यका क्षेत्रमा प्रहरीले एकहजार ८४७ जनालाई पक्राउ गरिएको छ। तीमध्ये अहिले ६२९ जना पक्राउ गरिएकै ठाउँमा प्रहरी नियन्त्रणमा छन्।

बाँकीलाई २ घण्टा सचेतना कक्षा दिएर छाडिएको छ। उपत्यका क्षेत्रबाट बिहान ९ बजेसम्म १४१ वटा सवारी साधन नियन्त्रणमा लिएको छ।

“उल्लंघन गर्नेलाई यथास्थानमा नै पक्राउ गरेर दुई घण्टाजति हामीले राख्ने गरेका छौं”, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी श्याम ज्ञवालीले भने, “अहिले पक्राउ परेकामध्ये ६२९ जना प्रहरी नियन्त्रणमा नै छन्।”

प्रहरीले आज बिहान मर्निङवाकमा निस्केकादेखि अनावश्यक रूपमा हिँडडुल गरिरहेकाहरूलाई पक्राउ गरेको हो।

प्रहरीले हिजोसम्म पक्राउ गरेर प्रहरी कार्यालयमा लगेर राख्ने गरे पनि आजदेखि भने पक्राउ गरिएकै ठाउँमा दुई घण्टा नियन्त्रणमा राख्न थालेको हो।

पक्राउ गरेर प्रहरी कार्यालयमा लैजादा भीड हुने र त्यसबाट संक्रमणको जोखिम हुनसक्ने भन्दै प्रहरीले यस्तो नीति अवलम्बन गरेको हो।

उपत्यका बाहिरका जिल्लाहरुमा पनि लकडाउन उल्लंघन गर्नेविरुद्ध प्रहरीले कारबाही गरिरहेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्