काठमाडौं। कोभिड–१९ महामारीका कराण इटालियन सिरी ‘ए’ क्लब युभेन्ट्सका खेलाडी तथा प्रशिक्षक माउरिसियो सारीले चार महिनाको तलब नलिन सहमत भएका छन्। खेलाडी प्रशिक्षकले तलब नलिदा क्लबको झण्डै ९ करोड युरो बचत हुने बताइएको छ।
कोरोना भाइरस संक्रमणका कारण इटालीमा ३ अप्रिलसम्मका लागि सम्पुर्ण खेलकुद गतिविधि स्थगित भएका छन्। पोर्चुगलका फरवार्ड क्रिष्टियानो रोनाल्डो तथा वेल्सका मिडफिल्डर एरोन राम्सेलगायत युभेन्टसका खेलाडीले मार्च, अप्रिल, मे र जुनको तलब लिनेछैनन्।
कोभिड–१९ का कारण खेल स्थगित हुनुअगाडी युभेन्टस सिरी ‘ए’ को शीर्ष स्थानमा थियो। युभेन्टस लाजियोभन्दा एक अंकले माथि थियो। महामारीको संक्रमण कम भएपछि फुटबल शुरू भयो भने पनि युभेन्टसका लागि सहज स्थिति नै छ।
‘‘यो कठिन अवस्थामा खेलाडी र प्रशिक्षकको प्रतिबद्धताप्रति क्लब आभारी छ,’’ लगातार आठ पटक सिरी ‘ए’ को उपाधि जितेको युभेन्टसले जारी गरेको विज्ञप्तीमा भनिएको छ।
यसअघि जर्मन बुन्डेसलिगाका बायर्न म्युनिख र बोरुसिया डर्टमण्डका खेलाडीले पनि तलब कटौतीमा सहमती जनाएका थिए। त्यस्तै स्पेनिस ला लिगाको बार्सिलोना र एट्लेटिको मड्रिडका खेलाडीले पनि तलब कटौतीमा सहमती जनाएका छन्।
विश्वभर ६ लाख ६३ हजारभन्दा बढीमा कोरोना भाइरस संक्रमण देखिएको छ भने ३० हजारभन्दा धेरैको मृत्यु भइसकेको छ। इटालीमा ९२ हजारभन्दा धेरैमा संक्रमण देखिएको छ भने दश हजारभन्दा धेरैको मृत्यु भएको छ। स्पेनमा ७३ हजारभन्दा धेरैमा संक्रमण देखिएको छ भने झन्डै १० हजारको मृत्यु भएको छ। जर्मनीमा पनि ५६ हजारभन्दा धेरैमा संक्रमण देखिएको छ भने चार सय भन्दा बढीको मृत्यु भएको छ।