स्वास्थ्यकर्मीको पनि जाँच गरिने <p>कैलाली। धनगढीका ३४ वर्षीय कोरोना संक्रमित युवकको उपचार तथा निगरानीमा खटिने स्वास्थ्यकर्मीको पनि स्वास्थ्यजाँच र नमूना &nbsp;परीक्षण &nbsp;गरिने भएको छ। सेती प्रादेशिक अस्पतालले युवकको नमूना संकलन तथा उपचारमा संलग्&zwj;न चिकित्सकसहितका स्वास्थ्यकर्मीको पनि &nbsp;परीक्षण गर्ने तयारी गरेको हो।</p> <p>अस्पतालका प्रवक्ता डा. जगदिश जोशीले संक्रमित युवकको सम्पर्कमा रहेका सबै चिकित्सक र स्वास्थ्यकर्मीको थ्रोट स्वाबको नमूना संकलन गरी &nbsp;परीक्षणका लागि काठमाडौँ पठाउने तयारी भइरहेको बताए।</p> <p>स्वास्थ्यकर्मीहरूले पर्सनल प्रोटेक्टिभ इक्युपमेन्टबिना युवकको नमूना संकलन गरेकाले उनीहरूको पनि &nbsp;परीक्षण गर्न लागिएको उनको भनाइ छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्