काठमाडौं। युरोपियन फुटबल महासंघका अध्यक्ष एलेक्सान्डर सेफेरिनले जुनको अन्त्यसम्म फुटबल पुनः शुरू नभए यो सिजन यत्तिकै गुम्न सक्ने बताएका छन्।
कोरोना भाइरस संक्रमणका कारण युरोपका सबै फुटबल लिगहरू यतिबेला स्थगित भएका छन्। युरोपियन च्याम्पियनसिप २०२० पनि एक वर्षका लागि स्थगित भएको छ। सेफेरिनले बन्द रंगशालामा खेलाएर सिजन टुंगाउन सकिने विकल्प प्रस्तुत गरेका छन्।
‘‘हामीले बाँकी सिजन चाडै शुरू गर्न सकिएन भने सम्भवत यो सिजन यत्तिकै खेर जाने छ,’’ स्लोभेनियाका सेफेरिनले भने, ‘‘अब ए, बी, सी योजनाहरू बनाउनु पर्छ। एउटा भएन अर्काे, अर्को भएन भने अर्को। सिजन पुनः शुरु गर्न तीन विकल्प हुन सक्छ– मध्य मे, जुनको शुरूमै वा जुनको अन्तिमसम्म। नयाँ सिजनको शुरूमा पनि हुनसक्छ। हामीले लिग र क्लबका लागि उपयुक्त समाधान निकाल्नुपर्छ।’’
प्रायजसो ठुला लिगमा ९ देख १२ चरणका खेलहरू बाँकी छन्। सेफरिनले युरोपभर बाँकी खेल खाली रंगशालामा खेल्न सकिने विकल्प बताएका छन्।
‘‘बाँकी सबै खेल बन्द रंगशालामा खेल्ने कल्पना गर्नु मेरो लागि निकै कठिन हुन्छ। तर हामीलाई अझै थाहा छैन की दर्शकसहित वा विना दर्शकको रंगशालामा खेल सुचारू गर्ने भनेर,’’ युइएफएका अध्यक्ष सेफेरिसनले भने, ‘‘हामीसँग विकल्प भएन भने च्याम्पियनसिप सक्नका लागि यो राम्रो विकल्प हुनसक्छ।’’