काठमाडौं। 'लकडाउन' को अवस्थामा घरबाहिर निस्कन नपाएका काठमाडौं उपत्यकाका उपभोक्ताहरूलाई साल्ट ट्रेडिङ कर्पोरेशनले दैलोमै सेवा उपलब्ध गराउन थालेको छ। हुन त साल्ट ट्रेडिङले धेरै प्रकारका उपभोग्य बस्तु दैलोमै पुर्याउन सकेको छैन। तर उसले थालेको सुरूआतलाई धेरैले सराहनीय भनेका छन्।
साल्ट ट्रेडिङले अहिले घर-घर पुगेर नुन र चिनी विक्री गरिरहेको छ। जुन सेवामुलक त छँदैछ साथसाथै स्वास्थ्यका दृष्टिले सुरक्षित पनि छ। कोभिड-१९ बाट जोगिन पालना गर्नुपर्ने सुरक्षाका उपायहरू अपनाउँदै सामान उपभोक्तासम्म पुर्याइँदैछ।
“सर्वसाधारणले अति आवश्यक नुन र चिनी पनि नपाएको भन्ने गुनासो आएपछि हामीले गाडीमा सामान लिएर घरसम्मै सेवा दिन थालेका हौं। आफूलाई आवश्यक पर्ने मात्रामा सामानहरू उपभोक्ताले किन्न सक्नुहुन्छ”, कर्पोरेशनका सिइओ उर्मिला श्रेष्ठले भनिन्।
नुन र चिनी समेत नभएर अप्ठेरोमा परेकाहरू साल्ट ट्रेडिङको यो पहलबाट केही हदसम्म भएपनि खुसी देखिएका छन्।
साल्ट ट्रेडिङले अहिले एक परिवारलाई बढीमा ३ प्याकेट नुन र ६ किलोसम्म चिनी विक्री गर्दै आएको छ। चिनीको मूल्य प्रतिकिलोको ७३ रुपैयाँ छ भने नुनको प्रतिप्याकेट २० रूपैयाँ छ।
साल्ट ट्रेडिङले जडिबुटि, सतुङगल र कालिमाटीमा आउटलेट संचालन गरी खाद्यान्न विक्री गर्दै आएको पनि जनाएको छ।