लकडाउनको समयमा खानेपानी सकियो ? घरमै बसेर यी १० ठाउँबाट मगाउनुहोस् (सूचीसहित)

काठमाडौं। कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई ध्यान दिँदै लकडाउनको यो बेला घरबाट बाहिर ननिस्कन र सुरक्षित बस्न सरकारले नागरिकमा अनुरोध गरेको छ।

बजार, पसल, यातायात बन्द भएकाले उपभोक्ताले खाद्यान्न तथा दैनिक उपभोग्य सामान सहज रूपमा पाइरहेका छैनन्।

सरकारले उपत्यकाका विभिन्न ठाउँहरूबाट घुम्ती पसलहरूमार्फत ती सामानको आपूर्तिको व्यवस्था गर्दै आएको छ।

त्यस्तै केही डिपार्टमेन्टल स्टोरहरूले पनि अनलाईनबाट सामानको अर्डर लिएर घरघरमा सामान पुर्‍याउने प्रबन्ध मिलाएका छन्।

बजार तथा पसल बन्द गरेका कारण पिउने पानीको सप्लाई गर्दै आएका कतिपय बिक्रेताले समेत अहिले सेवा बन्द गरेका छन्।

पसल खुलै रहेपनी कर्मचारी बिदामा बसेका छन।

यस्तो समयमा तपाइको घरमा खानेपानी सकियो ?

तपाइको घर वरपर पानी वितरण गर्ने सप्लायर्सको पसल बन्द छन् भने चिन्ता नगर्नुस्।

उपत्यका खानेपानी व्यवस्थापन बोर्डले ट्यांकरबाट खानेपानी वितरणको व्यवस्था मिलाइएको जनाएको छ।

यसका लागि मातातिर्थ, चौभार, गोदावरी, बालाजु र जोरपाटी क्षेत्रका खानेपानी बितरक संघ र पानी सप्लायर्ससँग समन्वय गरिएको बोर्डका इन्जिनियर भोजराज भण्डारीले बताए।

उनले भने, "आपूर्ति सहज गर्न गृह मन्त्रालयसँग समन्वय गरेका छौं। अहिलेसम्म वितरणमा केही समसस्या छैन।"

कोभिड-१९ को त्राससँगै धेरै मानिसहरू उपत्याकाबाट बाहिरिएकाले खानेपानीको माग भने पहिलाको जस्तो नभएको भण्डारीले बताए।

बोर्डले सूचना निकालेर भनेको छ, "यस असामान्य अवस्थामा खानेपानी आपूर्ति सहज गर्न व्यवसायीसँग छलफल गरेका छौं।"

व्यबसायिहरुसँग सहकार्य गरेर उपत्यकाका १० ठाउबाट पानी सप्लाइको व्यबस्था गरेको छ।

ललितपुर, स्वयम्भु, मातातिर्थ, जोरपाटीका दुई स्थान, मनमैजु, बालाजु, चोभार, चाल्नाखेल र भक्तपुर क्षेत्रका व्यवसायीहरूलाई फोनबाट सम्पर्क गर्न सकिनेछ।

टेलिफोनबाट आएको माग अनुसार खानेपानी आपूर्तिको लागि १० जना ट्यांकर चालक खटिएका छन्।

प्रतिक्रिया दिनुहोस्