आजदेखि पुरै ग्यास भरेको सिलिन्डर बेचे कारबाही
काठमाडौ। नेपाल आयल निगमले खाना पकाउने एल.पी. ग्यासको भरी सिलिन्डर बेचेको पाइए कारबाही गर्ने चेतावनी दिएको छ।

लकडाउनसँगै बजार, यातायात बन्द भएका कारण आपूर्ति असहज बन्दा उपभोक्ताहरूले ग्यास सहज रूपमा पाउन सकिरहेका छैनन्।

निगमले निगमले आजदेखी पुरै ग्यास भरिएको सिलिन्डर बेच्न प्रतिबन्ध लगाएकोले बिक्रेताहरुले आधा ग्यास भरेको सिलिन्डर मात्र बेच्नुपर्ने छ।

ग्यासको अभाव पूर्ती गर्न गरेको निर्णय पालना गर्न निर्देशन दिँदै कोही कसैले उल्लंघन गरे कारबाही गरिने निगमले जनाएको छ।

निगमको निर्देशन अनुसार उद्योगहरूले अब ७.१ किलो मात्र ग्यास भर्न पाउँछन। बिक्रेताले पनि आधा ग्यास भरेको सिलिन्डर मात्र बेच्नुपर्नेछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्