स्वास्थ्य मन्त्रालयले भन्यो- 'चिनियाँ सहयोगप्रति आभारी छौं'
<p>काठमाडौं । कोरोना भाइरस संक्रमणविरुद्ध लड्न चीनले गरेको अत्यावश्यक सहयोगप्रति स्वास्थ्य मन्त्रालयले आभार व्यक्त गरेको छ ।</p>
<p>मन्त्रालयले आइतबार पत्रकार सम्मेलनमार्फत चिनियाँ पक्षलाई आभार व्यक्त गरेको हो । ‘कोभिड–१९ रोकथाम र व्यवस्थापनका लागि मित्रराष्ट्र चीनबाट प्राप्त सहयोगप्रति आभारी छौं,’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।</p>
<p>काठमाडौंस्थित चिनियाँ दूतावासमार्फत सिचुवान प्रान्त, अलिबाबा फाउन्डेसन, ज्याक मा फाउन्डेसन, चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड र सिचुवावन हुआन्सी ग्रुप अफ कम्पनी लिमिटेडले नेपाललाई अत्यावश्यक सामग्री पठाएका हुन् ।</p>
<p>प्राप्त सामग्रीहरू तत्काल संघीय र प्रदेश तहमा वितरण गरिने मन्त्रालयले प्रतिबद्धता व्यक्त गरेको छ ।</p>
प्रतिक्रिया दिनुहोस्