काठमाडौं। मन्त्रिपरिषद्को बैठक बस्नुअघि कोरोना भाइरस (कोभिड-१९) रोगको संक्रमण, रोकथाम तथा नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिको बैठक सिंहदरबारमा शुरू भएको छ।
बैठकमा विभिन्न मन्त्रालयका मन्त्री र सचिव तथा अन्य निकायका पदाधिकारीहरूले रिपोर्टिङ गरिरहेका छन्।
बैठकमा चीनबाट ल्याइएका स्वास्थ्य सामग्री सातवटै प्रदेशमा वितरण गर्ने लगायतका विषयमा छलफल हुनेछ।
समितिका प्रवक्ता एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले देशैभर औषधि लगायतका स्वास्थ्य सामग्री पठाउने, अत्यावश्क वस्तुको आपूर्ति गर्ने लगायतका विषयमा बैठकमा छलफल गरिने बताए।
समितिको बैठकले गरेका निर्णय आजै ४ बजे बस्ने मन्त्रिपरिषद्को बैठकमासमेत प्रस्तुत गरिने छ। मन्त्रिपरिषद बैठकमा अहिले गरिएको लकडाउनको समीक्षा, लकडाउनको अवधि थप्ने/नथप्ने लगायतका विषयमा छलफल हुनेछ।
पढ्नुहोस्
लकडाउनको अवधि बढाउने तयारीमा सरकार
" /> काठमाडौं। मन्त्रिपरिषद्को बैठक बस्नुअघि कोरोना भाइरस (कोभिड-१९) रोगको संक्रमण, रोकथाम तथा नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिको बैठक सिंहदरबारमा शुरू भएको छ।बैठकमा विभिन्न मन्त्रालयका मन्त्री र सचिव तथा अन्य निकायका पदाधिकारीहरूले रिपोर्टिङ गरिरहेका छन्।

">