के के आयो चीनबाट सहयोग ?

काठमाडौं। चिनियाँ दूतावासको पहलमा चीनबाट सहयोगका रूपमा आएका कोभिड-१९ को रोकथाम र व्यवस्थापनका लागि आवश्यक सामग्री नेपालका लागि चीनकी राजदूत होउ यान्छीले आइतबार स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरिन्।

प्राप्त सामग्रीमध्ये चिनियाँ दूतावास र सिचुवान प्रान्तले पुनप्र्रयोग गर्न नसकिने मास्क २४ हजार थान, एन-९५ मास्क दुई हजार थान, चश्मा पाँच सय थान, थर्मोमिटर एक सय थान, व्यक्तिगत सुरक्षा सामग्री पाँच सय ३० थान, भेन्टिलेटर एक थान र क्वारेन्टाइन टेबल चार सय बक्सा उपलब्ध गराएका छन्।

यस्तै, अलिबाबा फाउन्डेसन र ज्याक मा फाउन्डेसनले एन-९५ मास्क एक लाख दुई सय थान र पीसीआर टेस्ट किट्स दुई हजार ६४ थान उपलब्ध गराएका छन्। चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले व्यक्तिगत सुरक्षा सामग्री दुई सय थान, पुनप्र्रयोग गर्न नमिल्ने मास्क २० हजार थान, चश्मा दुई सय थान र पञ्जा दुई हजार थान पठाएको छ।

सिन्चुवान हुसी गु्रपले दुई हजार थान पुनप्र्रयोग गर्न नमिल्ने मास्क, होङ्सी सिमेन्ट कम्पनीले एक हजार थान व्यक्तिगत सुरक्षा सामग्री र पीसीआर टेस्ट किट्स तीन हजार थान पठाएको छ।

स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै चिनियाँ राजदूत होउले कोभिड-१९ विश्वव्यापी समस्या भएकाले आफ्नो मुलुक नेपालसहित अन्तर्राष्ट्रिय स्तरमै सहयोग गर्न तयार रहेको बताइन्।

सामान हस्तान्तरणपछि मन्त्री ढकालले चीनबाट प्राप्त सहयोगले नेपालमा कोभिड १९ को रोकथाम एवं उपचार र व्यवस्थापन कार्यमा सहयोगी हुने मन्त्री ढकालले चिनियाँ पक्षबाट प्राप्त सहयोग असल छिमेकीको परिचायक रहेको बताए। कोभिड-१९ को प्रभाव न्यूनीकरणका लागि विश्वभर अपनाइएको लकडाउनको नीति सफल भएको उनले उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्