लुक्लाबाट ३० जना पर्यटक र २८ जना ट्रेकिङ गाइडलाई काठमाडौं ल्याइयो

काठमाडौं। लुक्लामा अलपत्र परेका ३० जना पर्यटक र २८ जना ट्रेकिङ गाइडलाई आज काठमाडौं ल्याइएको छ।

लकडाउन पश्चात अलपत्र परेका उनीहरूलाई यती एअरलाइन्सको भगिनी संस्था तार एअरले काठमाडौं ल्याएको हो। आज अमेरिकन र बेलायतका नागरिकहरूलाई काठमाडौं लाइएको यती एअरलाइन्सका बरिष्ठ बजार अधिकृत विपना श्रेष्ठले बताइन्।

लुक्लामा रहेका पर्यटकलाई १६ चैतमै काठमाडौं ल्याउने तयारी गरिएको भए पनि लुक्लामा मौसम खराबी भएपछि उक्त उडान आज विहानको लागि सारिएको थियो।

नेपाल पर्यटन बोर्डको अनुरोधमा तारा एअरले टुरिष्ट गाइड, ट्रेकिङ कम्पनीका सञ्चालक तथा कर्मचारीलाई पनि काठमाडौं ल्याएको हो।

यती एअरले विगत चार दिन देखि विभिन्न ठाउँमा अलपत्र परेका पर्यटकलाई काठमाडौं ल्याउन ‘रिलिफ फ्लाइट’ सञ्चालन गरिरहेको छ।

विभिन्न देशका दुतावासहरू नेपाल नागरिक उडड्यन प्राधिकरणलाई अलपत्र परेका आफ्ना देशका नागरिकहरूलाई काठमाडौं ल्याइदिन अनुरोध गरेपछि प्राधिकरणले वायु सेवा कम्पनीहरूलाई उद्धारमा जुट्न भनेको थियो।

प्रतिक्रिया दिनुहोस्