प्रदेश २ ले गरीब तथा दैनिक ज्यालादारीमा खट्ने मजदूरलाई खानाको व्यवस्था गर्ने  <p>काठमाडौं।&nbsp;प्रदेश २ ले लकडाउनको अवधिमा गरीब तथा दैनिक ज्यालादारीमा खट्ने मजदूरलाई खानाको व्यवस्था गर्न स्थानीय तहसँग समन्वय गर्ने निर्णय गरेको छ।&nbsp;</p> <p>त्यसका लागि तत्कालै महानगरलाई २५ लाख, उपमहानगरलाई २० लाख, नगरपालिकालाई १५ लाख र गाउँपालिकालाई १० लाख रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।</p> <p>मन्त्रिपरिषद्ले यसको व्यवस्थापनका लागि प्रत्येक स्थानीय तहमा जनप्रतिनिधि, दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि र स्थानीय समाजसेवी संस्था सम्मिलित समिति गठन गर्न कार्यविधि बनाएको छ।</p> <p>प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतका प्रेस सल्लाहकार आतिश मिश्रलाई सद्धृत गर्दै मुख्य न्यायधिवक्ता दिपेन्द्र झाले ट्वीटमा लेखेका छन्-&nbsp;&#39;कोभिड-१९ को उपचारमा खटिने चिकित्सकको जीवनबीमाका साथै सत प्रतिशत प्रोत्साहन भत्तासमेत दिइने निर्णय भएको छ।&#39;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्