काठमाडौं। लोक दोहारी गायक बद्री पंगेनीले कोरोना रोकथामका लागि स्थापना गरिएका विशेष कोषमा ५० हजार रूपैयाँ आर्थिक सहयोग गरेका छन्।
उनले आज राष्ट्रिय वाणिज्य बैंकमार्फत् सरकारी कोषमा ५० हजार रूपैयाँ जम्मा गरेका हुन्।
धापासीस्थित निवासमा लकडाउनको अवस्थामा समय बिताइरहेका पंगेनीले यो सहयोगको शुरूआत भएको बताए।
आफ्नो क्षमता अनुसारको सहयोग गरिएको भन्दै उनले देखापढीसँग भने, “सबैले सहयोग पनि गरौँ, सबैले खवरबारी पनि गरौँ।'
सबैको सानोसानो सहयोगले सरकारलाई अहिलेको संकटबाट पार पाउन सजिलो हुने उनको भनाइ छ।
विश्व नै संकटमा परिरहेको बेला सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नुका साथै सरकारलाई खबरदारी गर्नु पनि जरुरी रहेको बताए।
यसअघि गायक प्रकाश सपुतले उक्त कोषमा २ लाख रूपैयाँ आर्थिक सहयोग गरेका थिए।
" /> काठमाडौं। लोक दोहारी गायक बद्री पंगेनीले कोरोना रोकथामका लागि स्थापना गरिएका विशेष कोषमा ५० हजार रूपैयाँ आर्थिक सहयोग गरेका छन्।उनले आज राष्ट्रिय वाणिज्य बैंकमार्फत् सरकारी कोषमा ५० हजार रूपैयाँ जम्मा गरेका हुन्।

">