काठमाडौं। नेपाल र भारतको सीमावर्ती भारतीय भूमि धार्चुलामा ३०० भन्दा धेरै नेपाली अलपत्र परेका छन्।
कोभिड-१९ बाट जोगिन नेपाल–भारत सीमा नाका बन्द गरिएपछि विभिन्न क्षेत्रबाट मजदुरी गरेर घर फर्किएका नेपाली सीमापारी अलपत्र परेका हुन्।
बैतडी, दार्चुला, बझाङलगायत जिल्लाका ३३९ जना त्यहाँ रहेको धार्चुलाबाट दिलेन्द्र महताले जानकारी दिए।
पिथौरागढमा उपचारका लागि एक साताअघि गएका दार्चुलाको मार्माका महता लकडाउनसँगै सीमानाका बन्द गरिँदा तीन दिनदेखि सडकमा बस्नुपरेको बताउँछन्। देखापढीसँगको टेलिफोन सम्पर्कमा महताले भने, “तीन दिनदेखि सडकमै बास भइरहेको छ। सीमा बन्द गरिएको छ। बिस्कुटको भरमा दिन काट्नु परेको छ। हाम्रो उद्धार गरिदिनुपर्यो।”
रोजगारीको सिलसिलामा पिथौरागढका डिडिहाट, मुन्स्यारी लगायतका ठाउँमा गएका नेपाली सीमानाकामा अलपत्र छन्। उनीहरू ती क्षेत्रबाट २/३ दिन हिँडेर दार्चुला सदरमुकाम खलंगापारीको धार्चुला पुगेका थिए। घाट बजारमा रहेको झोलुंगे पुल नखुल्दा उनीहरू पारी नै रोकिएका हुन्।
उद्धार गरेर नेपाल सरकारले १४ दिन क्वारेन्टाइनमा राखे पनि आफूहरू बस्न तयार रहेको उनीहरूको भनाइ छ। सडकमा बस्दा भारतीय प्रहरीले आफूहरूमाथि लाठीचार्ज गर्ने गरेको उनीहरूको गुनासो छ।
“हामी १४ दिन क्वारेन्टाइनमा बस्न तयार छौँ। तर, हामीलाई उद्धार गर्न आनाकानी गरे नेपाल–भारत सीमामा रहेको पुलमा लगाइएको अवरोध तोडेर भए पनि आफ्नो घर जान्छौँ”, उनीहरूले चेतावनी दिए।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले भने उनीहरूको उद्धारको प्रयास भइरहेको बताए। लकडाउनका बेला जहाँ थिए, त्यहीँ रहनुपर्नेमा लापरवाही गर्दै नेपाल आउन खोज्दा समस्या भएको उनले बताए।
“सीमानाका खोलेर नेपाल ल्याउनु त कुनै ठूलो कुरा भएन। यता ल्याएर उनीहरूको व्यवस्थापन कसरी गर्ने भन्ने प्रमुख कुरा हो। विभिन्न जिल्लाका मानिसहरू छन्। सम्बन्धित जिल्ला वा स्थानीय तहसम्म समन्वय गरेर उद्धार गर्छौँ”, सीडीओ पौडेलले भने।
भारतीय अधिकारीहरूसँग आज कुरा गर्न नसकिने भन्दै भोलिबाट मात्र पहल हुने उनले बताए।
दार्चुलाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने नेकपा सांसद गणेश ठगुन्नाले उच्चस्तरीय समन्वय समिति, प्रधानमन्त्री कार्यालय तथा गृह मन्त्रालयसँग समन्वय भइरहेको बताए।
“पिथौरागढका उत्तरी क्षेत्रमा निर्माण परियोजनामा काम गर्ने मजदुरहरूलाई भारतमा लकडाउन गरेको २/३ दिन पछिसम्म पनि काममा लगाएर अन्त्यमा घर पठाइएको हो। उनीहरूका नागरिकलाई हामीले घर जाऊ भनेका छैनौं। सुरक्षित नै राखेका छौं। हाम्रा नागरिकलाई सकुन्जेल काममा लगाउने अन्त्यमा आएर घर पठाउने अमानवीय व्यवहार भयो। हामी चाँडै उद्धार गर्छौ”, सांसद् ठगुन्नाले भने।
विभिन्न जिल्लाका नागरिक भएकाले उद्धारपछि उनीहरूको व्यवस्थापन कसरी गर्ने भन्नेबारे छलफलपछि मात्र उनीहरूको उद्धार गरिने सांसद् ठगुन्नाको भनाइ छ।
" /> काठमाडौं। नेपाल र भारतको सीमावर्ती भारतीय भूमि धार्चुलामा ३०० भन्दा धेरै नेपाली अलपत्र परेका छन्।कोभिड-१९ बाट जोगिन नेपाल–भारत सीमा नाका बन्द गरिएपछि विभिन्न क्षेत्रबाट मजदुरी गरेर घर फर्किएका नेपाली सीमापारी अलपत्र परेका हुन्।

">