उद्योग वाणिज्य महासंघद्वारा कोरोना रोकथाम कोषमा ५० लाख सहयोग
काठमाडौ। निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले सरकारले स्थापना गरेको कोभिड-१९ रोकथाम कोषमा ५० लाख रूपैयाँ सहयोग गरेको छ।
महासंघका पदाधिकारीले उपप्रधानमन्त्री तथा कोरोना भाइरस नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेललाई उक्त रकम हस्तान्तरण गरेका हुन्।
महासंघले नगद बाहेक जिन्सी सामान पनि सहयोग गरिरहेको छ।
पछिल्लो समय निजी क्षेत्रले सरकारको अभियानमा सहयोग गर्न थालेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्