काठमाडौं। कोभिड-१९ महामारीको उच्च जोखिमलाई ध्यानमा राखेर गरिएको लकडाउनको अवधि थप गर्न कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले सिफारिस गरेको छ।
अहिले बस्ने मन्त्रिषरिषद् बैठकले कति समय थप गर्ने भन्ने निर्णय गर्ने उच्चस्तरीय समितिका सदस्य रहेका कृषिमन्त्री घनश्याम भुसालले देखापढीलाई बताए।
उच्चस्तरीय समितिले गर्ने सिफारिसका आधारमा मन्त्रिपरिषद्ले लकडाउनको अवधि थप गर्ने छ।
११ चैतदेखि १८ चैत बिहान ६ बजेसम्मका लागि घोषणा गरिएको लकडाउनको समय सकिन थाेरै समय बाँकी रहेको अवस्थामा सरकारले अवधि थप गर्ने निर्णय गर्न लागेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको समितिको बैठकले लकडाउन एक थप गर्न सिफारिस गर्ने निर्णय गरेको समितिका प्रवक्ता एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सचिव नारायणप्रसाद बिडारीले बताए।
कोभिड-१९ का संक्रमित फेला पर्ने क्रम बढेकाले यसको जोखिम झन् बढेको आकलनसहित बन्दाबन्दीको अवधि बढाउन लागिएको हो।
एक सता थप गरिएमा नेपालमा लगातार १४ दिन लकडाउन हुनेछ। कोभिड-१९ को विस्तार रोक्न भन्दै भारत र बेलायतले पनि तीन साताका लागि लकडाउनको निर्णय गरिसकेका छन्।
आजै बस्ने मन्त्रिपरिषद्को बैठकले यसबारेमा औपचारिक निर्णय गर्ने जानकारी दिए।
" /> काठमाडौं। कोभिड-१९ महामारीको उच्च जोखिमलाई ध्यानमा राखेर गरिएको लकडाउनको अवधि थप गर्न कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले सिफारिस गरेको छ।अहिले बस्ने मन्त्रिषरिषद् बैठकले कति समय थप गर्ने भन्ने निर्णय गर्ने उच्चस्तरीय समितिका सदस्य रहेका कृषिमन्त्री घनश्याम भुसालले देखापढीलाई बताए।

">