काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोभिड–१९ को उपचारका आवश्यक स्वास्थ्य सामग्री देशभरका अस्पतालमा पर्याप्त मात्रामा उपलब्ध गराउनुपर्ने बताएका छन्।
आज अपिल जारी गर्दै अध्यक्ष तिमिल्सिनाले कोभिड–१९ को पहिचान, परीक्षण र उपचार गर्न औषधि, प्रयोगशाला सामग्री र पीपीईलगायतका सामानहरू देशभरका अस्पतालमा पर्याप्त मात्रामा उपलब्ध गराउन सरकारको थप सक्रियता जरुरी रहेको बताएका हुन्।
सरकारले आफ्नो तर्फबाट यसको रोकथाम, नियन्त्रण, परीक्षक, उपचारलगायतको कार्यमा गरिरहेको पहल सकारात्मक रहेको तिमिल्सिनाको भनाइ छ।
“यस विषम परिस्थितिको सामना गर्न नेपाल सरकार, सम्पूर्ण राजनीतिक दल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, आमसञ्चारमाध्यम, नागरिक समाज तथा सम्पूर्ण नागरिकको सकारात्मक भूमिका र साथ जरुरी छ”, उनले भने।
उनले कोभिड–१९ महामारीबाट निधन भएका सम्पूर्ण नागरिकप्रति श्रद्धाञ्जली र शोकाकुल परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेका छन्। साथै यस भाइरसबाट संक्रमित विश्वभरका सम्पूर्ण नागरिकमा स्वास्थ्य लाभको कामनासमेत गरेका छन्।
" /> काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोभिड–१९ को उपचारका आवश्यक स्वास्थ्य सामग्री देशभरका अस्पतालमा पर्याप्त मात्रामा उपलब्ध गराउनुपर्ने बताएका छन्।आज अपिल जारी गर्दै अध्यक्ष तिमिल्सिनाले कोभिड–१९ को पहिचान, परीक्षण र उपचार गर्न औषधि, प्रयोगशाला सामग्री र पीपीईलगायतका सामानहरू देशभरका अस्पतालमा पर्याप्त मात्रामा उपलब्ध गराउन सरकारको थप सक्रियता जरुरी रहेको बताएका हुन्।

">