अन्तर्राष्ट्रिय उडान आगामी ३ वैशाखसम्मलाई स्थगित
<p>काठमाडौं। सरकारले नेपाल आउने सबै अन्तर्राष्ट्रिय उडान आगामी ३ वैशाखसम्मलाई स्थगित गरेको छ।</p>
<p>कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको बैठकले अन्तर्राष्ट्रिय उडानमा लगाएको रोकलाई बढाउने निर्णय गरेको हो।</p>
<p>मन्त्रीपरिषद् कार्यालयका सचिव नारायण बिडारीले हवाई उडान रोक्ने निर्णय भएको जानकारी दिए। उनले भने, “अहिले स्थगित भएको अन्तर्राष्ट्रिय उडानलाई १५ अप्रिलसम्म लम्ब्याउने निर्णय भएको छ।”</p>
<p>यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई सम्बोधन गर्दै ७ चैतको मध्यरातदेखि १८ चैतसम्म नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने घोषणा गरेका थिए।</p>
प्रतिक्रिया दिनुहोस्