काठमाडौं। विदेशमा रहेका नेपाली विद्यार्थीलाई नेपालबाट आफ्ना अभिभावकले पैसा पठाउन नपाउँदा समस्यामा परेका छन्।

नेपालमा ११ चैतदेखि लकडाउन भएको कारण बैंक तथा वित्तीय संस्थाहरूले समेत प्रभावकारी रूपमा काम गर्न नसक्दा नेपालमा रहेको अभिभावकहरूले विदेशमा पैसा पठाउन नपाएको गुनासो गर्दै आएका थिए।

आज बसेको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको बैठकले विदेशमा रहेका विद्यार्थीलाई अभिभावकहरुले नेपाल राष्ट्र बैंकमार्फत पैसा पठाउने सुविधा दिने निर्णय गरेको छ।

मन्त्रीपरिषद् कार्यालयका सचिव नारायण बिडारीले विदेशमा पैसा पठाउन समस्या भएका अभिभावसँग समन्वय गर्न राष्ट्र बैंकलाई निर्देशन दिने निर्णय भएको जानकारी दिए।

विश्वभर नै कोरोना संक्रमणको कारण कतिपय देशमा लकडाउनको अवस्थामा छ। लकडाउनका कारण अध्ययनका लागि विदेश गएका विद्यार्थीहरु घरमै बस्न बाध्य भएका छन्। उनीहरूका लागि आवश्यक खर्च समेत नेपालबाट पठाउन नसक्दा समस्यामा परेका थिए।

बेलायत, अस्ट्रेलिया, क्यानडा, जर्मनी लगायतका देशमा अध्ययनमा गएका नेपाली विद्यार्थीहरू धेरैजसो समस्यामा परेका छन्।

" /> काठमाडौं। विदेशमा रहेका नेपाली विद्यार्थीलाई नेपालबाट आफ्ना अभिभावकले पैसा पठाउन नपाउँदा समस्यामा परेका छन्।

नेपालमा ११ चैतदेखि लकडाउन भएको कारण बैंक तथा वित्तीय संस्थाहरूले समेत प्रभावकारी रूपमा काम गर्न नसक्दा नेपालमा रहेको अभिभावकहरूले विदेशमा पैसा पठाउन नपाएको गुनासो गर्दै आएका थिए।

आज बसेको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको बैठकले विदेशमा रहेका विद्यार्थीलाई अभिभावकहरुले नेपाल राष्ट्र बैंकमार्फत पैसा पठाउने सुविधा दिने निर्णय गरेको छ।

मन्त्रीपरिषद् कार्यालयका सचिव नारायण बिडारीले विदेशमा पैसा पठाउन समस्या भएका अभिभावसँग समन्वय गर्न राष्ट्र बैंकलाई निर्देशन दिने निर्णय भएको जानकारी दिए।

विश्वभर नै कोरोना संक्रमणको कारण कतिपय देशमा लकडाउनको अवस्थामा छ। लकडाउनका कारण अध्ययनका लागि विदेश गएका विद्यार्थीहरु घरमै बस्न बाध्य भएका छन्। उनीहरूका लागि आवश्यक खर्च समेत नेपालबाट पठाउन नसक्दा समस्यामा परेका थिए।

बेलायत, अस्ट्रेलिया, क्यानडा, जर्मनी लगायतका देशमा अध्ययनमा गएका नेपाली विद्यार्थीहरू धेरैजसो समस्यामा परेका छन्।

"> विदेशमा रहेका विद्यार्थीलाई पैसा पठाउन राष्ट्र बैंकले समन्वय गर्ने: Dekhapadhi
विदेशमा रहेका विद्यार्थीलाई पैसा पठाउन राष्ट्र बैंकले समन्वय गर्ने
काठमाडौं। विदेशमा रहेका नेपाली विद्यार्थीलाई नेपालबाट आफ्ना अभिभावकले पैसा पठाउन नपाउँदा समस्यामा परेका छन्।

नेपालमा ११ चैतदेखि लकडाउन भएको कारण बैंक तथा वित्तीय संस्थाहरूले समेत प्रभावकारी रूपमा काम गर्न नसक्दा नेपालमा रहेको अभिभावकहरूले विदेशमा पैसा पठाउन नपाएको गुनासो गर्दै आएका थिए।

आज बसेको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको बैठकले विदेशमा रहेका विद्यार्थीलाई अभिभावकहरुले नेपाल राष्ट्र बैंकमार्फत पैसा पठाउने सुविधा दिने निर्णय गरेको छ।

मन्त्रीपरिषद् कार्यालयका सचिव नारायण बिडारीले विदेशमा पैसा पठाउन समस्या भएका अभिभावसँग समन्वय गर्न राष्ट्र बैंकलाई निर्देशन दिने निर्णय भएको जानकारी दिए।

विश्वभर नै कोरोना संक्रमणको कारण कतिपय देशमा लकडाउनको अवस्थामा छ। लकडाउनका कारण अध्ययनका लागि विदेश गएका विद्यार्थीहरु घरमै बस्न बाध्य भएका छन्। उनीहरूका लागि आवश्यक खर्च समेत नेपालबाट पठाउन नसक्दा समस्यामा परेका थिए।

बेलायत, अस्ट्रेलिया, क्यानडा, जर्मनी लगायतका देशमा अध्ययनमा गएका नेपाली विद्यार्थीहरू धेरैजसो समस्यामा परेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्