काेराेना भाइरसबाट संक्रमित पाँचौ व्यक्तिसँगको ‘कन्ट्याक्ट ट्रेसिङ’ मा टोली परिचालन
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काेराेना भाइरसबाट संक्रमित पाँचौं व्यक्ति बागलुङकी युवतीसँगको ‘कन्ट्याक्ट ट्रेसिङ’का लागि टोली परिचालन भइसकेको जनाएको छ।

४ चैतमा बेल्जियमबाट कतार एअरवेजको विमानमा काठमाडौं आइपुगेकी उनी यति एअरको जहाजबाट पोखरा ओर्लिएकी थिइन्।

उनीसँगको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरेर सम्बन्धित व्यक्तिहरूलाई सेल्फ क्वारेन्टाइनमा राखिने मन्त्रालयले जनाएको छ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले यसबारेमा जानकारी गराएका हुन्। उनले चौथो संक्रमित कैलाली धनगढीका युवकको ‘क्यान्ट्याक्ट ट्रेसिङ’ गरिसकिएको बताए।

उनीसँग सम्पर्कमा रहेका मानिसहरू सबैलाई क्वारेन्टाइनमा राखिसकिएको छ। मन्त्रालयले अहिलेसम्म नेपालमा ९१७ जनाको स्वास्थ्य परीक्षण गरिएको जनाएको छ।

यी मध्ये पाँचजनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुष्टि भएको छ। अन्य सबैमा नेगेटिभ रिपोर्ट देखिएको छ। एकजना निकाे भइसकेका छन् भने अन्य संक्रमित चारै व्यक्तिहरूको स्वास्थ्य सामान्य रहेको डा. देवकाेटाले जानकारी दिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्