स्याङ्जा। स्याङ्जाको फेदीखोला गाउँपालिकाले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन खटिएका स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ।
कोरोना भाइरस नियन्त्रणको सिलसिलामा जोखिम मोलेर काममा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीको मनोबल उच्च पार्नका लागि प्रोत्साहनस्वरूप भत्ता उपलब्ध गराउने निर्णय भएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताए। उनका अनुसार स्वास्थ्यचौकीमा काम गर्नेलाई ५० प्रतिशत, हेल्थ डेस्कमा काम गर्ने कर्मचारीलाई ७५ प्रतिशत र क्वारेन्टाइनमा काम गर्ने कर्मचारीलाई १०० प्रतिशत भत्ता दिइनेछ।
यसैगरी जनप्रतिनिधि, कर्मचारी र प्रहरी मिलेर गाउँपालिकाका सातवटै वडामा कोरोना भाइरसबाट बच्ने उपाय, लक्षण तथा सावधानीका विषयमा दिनहुँ प्रचारप्रसार तथा हात धुने उपाय सिकाइएको र अनुगमनसमेत गरिएको गाउँपालिकाले जनाएको छ।
" /> स्याङ्जा। स्याङ्जाको फेदीखोला गाउँपालिकाले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन खटिएका स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ।कोरोना भाइरस नियन्त्रणको सिलसिलामा जोखिम मोलेर काममा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीको मनोबल उच्च पार्नका लागि प्रोत्साहनस्वरूप भत्ता उपलब्ध गराउने निर्णय भएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताए। उनका अनुसार स्वास्थ्यचौकीमा काम गर्नेलाई ५० प्रतिशत, हेल्थ डेस्कमा काम गर्ने कर्मचारीलाई ७५ प्रतिशत र क्वारेन्टाइनमा काम गर्ने कर्मचारीलाई १०० प्रतिशत भत्ता दिइनेछ।
यसैगरी जनप्रतिनिधि, कर्मचारी र प्रहरी मिलेर गाउँपालिकाका सातवटै वडामा कोरोना भाइरसबाट बच्ने उपाय, लक्षण तथा सावधानीका विषयमा दिनहुँ प्रचारप्रसार तथा हात धुने उपाय सिकाइएको र अनुगमनसमेत गरिएको गाउँपालिकाले जनाएको छ।
">