धनगढीका मजदुरका लागि खाद्यान्‍न सहयाेग
कैलाली। लायन्स क्लब अफ धनगढी ग्रीन सिटीले लकडाउनका कारण छाक टार्न समस्यामा परेका मजदुरका लागि खाद्यान्न सामग्री सहयोग गरेको छ।

क्लबका अध्यक्ष गोविन्द खतिवडाले नगरस्तरीय विपद् व्यवस्थापन समितिलाई उक्त खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन्।

खतिवडा अनुसार धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडमार्फत् ५० बाेरा चामल, ६० प्याकेट तेल, १०० पोका नुन र दुई बोरा सोयाबिन हस्तान्तरण गरिएको हाे।

उनले लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर जोहो गर्ने समुदायका लागि केही सहज होस् भनेर क्लबका सदस्यहरूबाट प्राप्त सहयोगले उक्त खाद्यान्न सामग्री खरिद गरिएकाे जानकारी दिए।

धनगढी उपमहानगरपालिका प्रमुख वडले उक्त खाद्यान्न सामग्री विपन्न समुदायमा वितरण गरिने बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्