काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ मन्त्रिपरिषद्को बैठक बसेको छ।
कोभिड-१९ महामारी रोकथाम र नियन्त्रणबारे महत्वपूर्ण निर्णय गर्न बसेको यो बैठकको निर्णय केही बेरपछि सार्वजनिक गरिँदैछ। स्रोतका अनुसार बैठकले देश लकडाउन गर्ने सरकारले यसअघि जारी गरेको आदेशलाई थप लम्ब्याउने निर्णय गर्नेछ।
यसअघि ९ चैतमा बसेको मन्त्रिपरिषद् बैठकमा सबै मन्त्रीहरू मास्क र जुत्तामा पनि सेफ्टी मेजर लगाएर सहभागी भएका थिए।
आजको मन्त्रिपरिषद् बैठकमा भने प्रधानमन्त्री, मन्त्रीहरू र मुख्यसचिव दूरी कायम गरेर बसेका छन्।
प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गरेको तस्वीरमा सबैले तीन फिटको दूरी कायम गरेको देखिन्छ।
प्रधानमन्त्री ओली भने अरुभन्दा कम्तीमा दुई मिटर टाढा बसेका देखिन्छन्।
" /> काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ मन्त्रिपरिषद्को बैठक बसेको छ।कोभिड-१९ महामारी रोकथाम र नियन्त्रणबारे महत्वपूर्ण निर्णय गर्न बसेको यो बैठकको निर्णय केही बेरपछि सार्वजनिक गरिँदैछ। स्रोतका अनुसार बैठकले देश लकडाउन गर्ने सरकारले यसअघि जारी गरेको आदेशलाई थप लम्ब्याउने निर्णय गर्नेछ।

">