"> चिनियाँ भाषामा सम्बोधन गर्दै राष्ट्रपति सीलाई नेकपा अध्यक्ष दाहालले लेखेको पत्रमा के छ (पत्रसहित): Dekhapadhi
चिनियाँ भाषामा सम्बोधन गर्दै राष्ट्रपति सीलाई नेकपा अध्यक्ष दाहालले लेखेको पत्रमा के छ (पत्रसहित)
काठमाडौं। नेकपा अध्यक्ष पुष्पकमल दाहालले चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा चीनका राष्ट्रपति सी चीनफिङलाई एक पत्र लेख्दै नेपाललाई सहयोग गर्न अनुरोध गरेका छन्।

२६ मार्चमा लेखेको पत्रमा अध्यक्ष दाहालले नेपाल अहिले कोभिड-१९ सँग जुधिरहेको उल्लेख गरेका छन्। यो रोगविरूद्धको लडाईंमा सफल भएको भन्दै राष्ट्रपति सीलाई बधाई दिएका दाहालले यो लडाईंका लागि नेपालले विशेष रूपले तयारी गरिनसकेको उल्लेख गरेका छन्।

त्यसैकारण नेपाललाई औषधि र स्वास्थ्य जाँच गर्ने उपकरणहरू अत्यन्तै जरूरी भएको भन्दै दाहालले सकेसम्म छिटो आवश्यक सहयोग गर्न राष्ट्रपति सीलाई आग्रह गरेका छन्।

शुरूमै चिनियाँ भाषाको ‘निन हाउ’ बाट सम्बोधन गरेका दाहालले चिनियाँ सहयोगप्रति नेपाली जनता र नेपाल कम्युनिष्ट पार्टीले हृदयदेखि धन्यवाद दिने पनि पत्रमा लेखेका छन्।

चीनमा कोरोना भाइरसको उच्च प्रभाव सकिएर जनजीवन सामान्य हुँदै गएको मिडियाबाट थाहा पाउँदा आफूलाई खुशी लागेको पनि दाहालले लेखेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्