काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रको लागि राहत प्याकेज ल्याएको छ।
कोभिड-१९ को कारण देश लकडाउन हुँदा अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनिकरण गर्न तत्कालका लागि राहत प्याकेज ल्याएको राष्ट्र बैंकका कामू गभर्नर चिन्तामणि सिवाकोटीले देखापढीलाई बताए।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको अनिवार्य नगद मौज्दातको अनुपात एक प्रतिशतले घटाएर तीन प्रतिशतमा सीमित गरेको छ। त्यसो हुँदा बैंकिङ क्षेत्रमा करीब ३५ अर्ब रूपैयाँ लगानीयोग्य पूँजी हुनेछ।
बैंकहरूले राष्ट्र बैंकबाट लिने कर्जाको व्याजदर ६ प्रतिशतबाट घटाएर पाँच प्रशितमा झारेको छ। यसो हुँदा बैंकले लगानी गर्ने कर्जाको ब्याजजदर पनि घटाउन सक्छन्।
ब्याजजदर करिडोरको माथिल्लो सीमालाई राष्ट्र बैंकले पाँच प्रतिशतमा झारेको छ। त्यसैगरी, रिपो रेटलाई साढे तीन प्रशितमा झारिएको छ।
चैत मसान्तमा तिर्नुपर्ने कर्जाको किस्ता र ब्याज तत्कालन तिर्न नसक्दा असार मसान्तसम्म तिर्ने व्यवस्था राष्ट्र बैंकले गरिदिएको छ।
अहिलेको व्यवस्था अनुसार वैशाख र जेठको किस्ता र ब्याज भने तोकिएकै समयमा तिर्नुपर्छ।
यसरी असारमा ऋण तिर्न आउँदा कुनै जरिवाना वा हर्जना लिन नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ। तर, चैत मसान्तमै तिर्न आउनेलाई नै आधार दरभन्दा कम नुहने गरी १० प्रतिशत छुट दिनुपर्ने व्यवस्था गरिएको सिवाकोटीले बताए।
खराब ऋणको प्रोभिजनिङको व्यवस्थामा पनि राष्ट्र बैंकले सहुलियत दिएको छ।
राष्ट्र बैंकले पुनर्कर्जा कोष १० अर्बले बढाएर ६० अर्ब पुर्याएको छ।
(राष्ट्र बैंकका कामू गभर्नर चिन्तामणि सिवाकोटीसँगको विस्तृत कुराकानी केहीबरेमा प्रकाशन गरिनेछ)
" /> काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रको लागि राहत प्याकेज ल्याएको छ।कोभिड-१९ को कारण देश लकडाउन हुँदा अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनिकरण गर्न तत्कालका लागि राहत प्याकेज ल्याएको राष्ट्र बैंकका कामू गभर्नर चिन्तामणि सिवाकोटीले देखापढीलाई बताए।

">