टोकियो। पछिल्ला दिनमा जापानमा कोरोना भाइरसको संक्रमण बढेसँगै यहाँका नेपाली व्यवसायी र नेपालीहरूमा चिन्ता थपिएको छ।

जापानमा एउटै शहरमा दैनिक ४० देखि ५० जनासम्ममा संक्रमण फैलन थालेको छ। युरोप, अमेरिकालगायतका देशको तुलनामा जापानमा संक्रमितको संख्या अहिलेसम्म कम भए पनि पछिल्लो ७२ घण्टामा भएको वृद्धिले आममानिसमा त्रास फैलिएको छ। हालसम्म जापनमा संक्रमणका कारण ६५ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या झण्डै दुई  हजार ५३९ पुगेको छ।

जापानको राष्ट्रिय फूल साकुरा फुल्ने यो मौसममा यहाँको हावापानी उत्तम मानिन्छ र यो समय जापानीले समूह बनाएर साकुरा हेर्न भन्दै विभिन्न पार्कमा पुगी रमाइलो गर्ने समय हो। यसलाई यहाँ हानामी भनिन्छ। यही कारणले पनि अहिले भीडभाड बढेसँगै जापानको राजधानी टोकियोमा भाइरस वृद्धि हुने खतरा बढेको हो।

टोकियोका गभर्नर युरिको कौइकोले अवस्था अत्यन्त संवेदनशील र जटिलतातर्फ मोडिएको भन्दै भाइरस नियन्त्रण नहुुँदासम्म संयमता अपनाउन अपिल गरेका छन्। जापानमा विभिन्न कारणले स्थायी र अस्थायीरूपमा यहाँ बस्दै आएका नेपालीको संख्या झण्डै एक लाखको हाराहारीमा छ।

संयोगवश अहिलेसम्म भाइरसको संक्रमण कुनै पनि नेपालीलाई भएको जानकारीमा नआएको गैह्रआवासीय नेपाली संघ (एनआरएनए), जापानकी सदस्य एलिजा केसी भण्डारीले बताइन्। उनले एनआरएनए जापानले कुनै अप्ठेरो परे सहयोग गर्ने भन्दै सम्पर्कमा रहन आग्रह गर्दै जापानमा आफ्नै व्यवसाय सञ्चालन गर्ने नेपालीहरू पनि धेरै रहेकाले उनीहरूलाई असर पर्न सक्ने उल्लेख गरिन्।

बागलुङ, गलकोटका दिलु खत्री देशभित्र रोजगारी नपाएपछि २५ वर्ष पहिले जापानको एक होटलमा काम गर्न यहाँ आएकाेमा हाल उनले निजी लगानीमा व्यवसाय खाेलेका छन्। यस अन्तरालमा खत्रीले सातवटा नेपाली रेष्टुरेन्ट खोलेका छन्।

जापानका इवाराकी, चिवा र टोकियो केनमा सञ्चालित उनकाे रेष्टुरेन्टमा कोभिड-१९ भाइरस संक्रमणको डरले  ग्राहकहरू आउन छोडेपछि प्रायः सुनसान हुन थालेको खत्रीले बताउँछन्। ग्राहक आउन कमी भएपछि कामको चाप पनि कम हुन थालेकाले कर्मचारी कटौती गर्नुपरेकाे उनकाे भनाइ छ।

१० वर्ष पहिले जापान आएका दोलखाका केशरमान कार्कीले चिवा केनको फुनावासी र टोकियो सिनागोभुमा गरी दुईवटा रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन्। रातोभाले नामबाट सञ्चालन गरेका यी दुई रेष्टुुरेन्टमा प्रायः नेपाली समुदायको राम्रो जमघट हुने गर्दर्थ्याे तर, अहिले सुुनसान बन्न थालेको छ।

जम्मा ६० देखि ७० जना ग्राहक क्षमता रहेको रेष्टुरेन्टमा अहिले दिनभरमा १० देखि १५ जना ग्राहक हुन मुस्किल देखिएको उनले बताए। उनले एउटा रेष्टुरेन्टकाे महीनाको झण्डै तीन लाख रूपैयाँ भाडा तिर्नुपर्छ।

त्यसैगरी कर्मचारीलाई व्यवस्थापन गर्न अहिले कार्कीलाई समस्या परेको छ।

विद्यार्थीका रूपमा जापान आएका चितवनका उपेन पौडेल आफनो अध्ययन पुरा भएपछि व्यवसायमा लागे। पौडेलले साइतामा केनको कितामोटो रेल स्टेनमा झण्डै ७० लाखको लगानीमा एउटा नेपाली रेष्टुरेन्ट खाेलेका छन्। उनले पनि आम्दानी घटेको बताए।

- गणेश खनियाँ/रासस

" /> टोकियो। पछिल्ला दिनमा जापानमा कोरोना भाइरसको संक्रमण बढेसँगै यहाँका नेपाली व्यवसायी र नेपालीहरूमा चिन्ता थपिएको छ।

"> काेराेना भाइरस संक्रमितको संख्या वृद्धिसँगै जापानका नेपाली चिन्तित: Dekhapadhi
काेराेना भाइरस संक्रमितको संख्या वृद्धिसँगै जापानका नेपाली चिन्तित

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्