हेटौंंडाबाटै कोभिड-१९ को परीक्षण हुने

हेटाैंडा। बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले भाेलि, १७ चैतदेखि प्रदेश राजधानी हेटौंडाबाटै कोरोना भाइरस (कोभिड-१९) परीक्षण हुने बताएका छन्।

मन्त्री दुलालले हेटौंंडाको कीटजन्यरोग अनुसन्धान केन्द्र (भीभीडी आरटीसी) मा रहेको प्रयोगशालालाई व्यवस्थित बनाएर कोभिड-१९ को परीक्षण गरिने बताए।

उनले त्यहीँ स्वाब संकलन गरेर त्यहीँ परीक्षण गर्ने र संक्रमित पाइएमा त्यहीँ उपचारका लागि व्यवस्था गरिएको बताए।

मन्त्री दुलालले प्रदेश २ का विभिन्न जिल्लालाई समेत पायक पर्नेगरी हेटाैंडामा प्रयोगशाला सञ्चालन गर्न लागिएको उल्लेख गरे। संक्रमितलाई राख्नका लागि प्रदेश सरकारले मात्र सघन उपचार कक्षसहितको ३०० भन्दा बढी आइसोलेसन कक्ष निर्माण गरेकाे छ।

सबै आइसोलेसन कक्षमा सम्पूर्ण उपकरणसहितको चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्था गरिएको उनले उल्लेख गरे। रासस

प्रतिक्रिया दिनुहोस्