कोभिड-१९ सँग जुध्‍न विश्व बैंक, आईएमएफ र एडीबीको ऋण लिने सरकारको निर्णय
काठमाडौं। आज बसेको मन्त्रिपरिषद्ले कोभिड-१९ सँग जुध्न तय गरिएका कार्यक्रमका लागि आवश्यक स्रोत व्यवस्था गर्न अन्तर्राष्ट्रिय आर्थिक सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्का निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता, अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले अन्तर्राष्ट्रिय आर्थिक सहायता परिचालन गर्नेतर्फ निर्णय भएको जानकारी दिएका हुन्।

जसअनुसार सरकारले विश्व बैंकबाट आपतकालीन स्वास्थ्य क्षेत्र सहयोग कार्यक्रमअन्तर्गत प्राप्त हुने तीन अर्ब ४८ करोड सहुलियतपूर्ण ऋण स्वीकार गर्न वार्ता र सम्झौता गर्ने निर्णय गरेको छ।

मन्त्री खतिवडाका अनुसार सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट उपलब्ध हुने १३ अर्ब ९ करोड निर्ब्याजी ऋण सुविधा प्राप्त गर्न वार्ता र सम्झौता गर्ने निर्णय पनि गरेको छ। त्यस्तै एशियाली विकास बैंकले हालै घोषणा गरेको करीब ५० मिलियन अमेरिकी डलरको सहयोग पनि स्वीकार गर्ने निर्णय गरेको मन्त्री खतिवडाले बताए।

“अन्य सम्भावित विकास साझेदारबाट पनि परिचालित गर्न सक्ने स्रोतलाई परिचालन गर्ने निर्णय भएका छन्,” उनले भने।

साथै सरकारले स्रोतको व्यवस्थापनका लागि आन्तरिकरूपमा पनि विभिन्न योजना बनाएको छ। वार्षिक बजेटको रकमबाट रकमान्तरण गर्ने, संघ, स्थानीय तह र प्रदेशको कोरोना रोकथाम तथा नियन्त्रण उपचार कोषमा जम्मा हुने रकम परिचालन गर्ने निर्णय भएको छ।

त्यस्तै मन्त्रिपरिषद्ले राष्ट्रिय विपत् व्यवस्थापन कोषमा जम्मा भएको रकम र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको रकम पनि प्रयोग गर्ने निर्णय गरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्