काठमाडौ। सरकारले कोरोना भाइरस (कोभिड-१९) बाट प्रभावित जनतालाई विद्युत् महसुलमा २५ प्रतिशत छुट दिने भएको छ।
लकडाउनको समयमा विद्युत्को खपत घट्दै गएको अवस्थामा आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।
लकडाउनको समयमा अधिकांश कलकारखाना र उद्योग बन्द हुदा विद्युत्को माग ह्वात्तै घटेको छ।
मन्त्रिपरिषद्को बैठकले १५० युनिटसम्म विद्युत उपभोग गर्ने ग्राहकहरूलाई दुई महीनाको महसुलमा २५ प्रतिशत छुट दिने निर्णय गरेको छ। जसनुसार अब १५० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकहरूले फागुन र चैतमा २५ प्रतिशतसम्म छुट पाउनेछन्।
ऊर्जा तथा जलस्रोत मन्त्रालयले मन्त्रिपरिषद्मा विद्युत् महसुलमा छुट दिने प्रस्ताव गरेको थियो।
यस्तै, बैठकले लकडाउनको समयमा बढी विद्युत् खपत् गर्ने उद्योग तथा प्रतिष्ठानलाई ३० देखि ५० प्रतिशतसम्म विद्युत् महसुल छुट दिने अधिकार विद्युत प्राधिकरणलाई दिएको छ।
" /> काठमाडौ। सरकारले कोरोना भाइरस (कोभिड-१९) बाट प्रभावित जनतालाई विद्युत् महसुलमा २५ प्रतिशत छुट दिने भएको छ।लकडाउनको समयमा विद्युत्को खपत घट्दै गएको अवस्थामा आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।

">