लकडाउनबाट प्रभावित भएका श्रमिकले स्थानीय र प्रदेश सरकारबाट राहत पाउने

काठमाडाैं। लकडाउनबाट प्रभावित भएका श्रमिकलाई प्रदेश र स्थानीय सरकारले राहत दिनुपर्ने भएको छ।

काेभिड-१९ रोकथामका लागि गरिएकाे लकडाउनबाट सबैभन्दा बढी प्रभावित श्रमिक भएको निष्कर्ष निकाल्दै सरकारले यस्तो निर्णय गरेको हो।

आज प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको मन्त्रिपरिषद्काे बैठकले गरेकाे निर्णयानुसार स्थानीय तह र प्रदेश सरकारले श्रमिक परिवार पहिचान गरेर कोषमार्फत् राहत दिनु पर्नेछ।

त्यसका लागि प्रदेश र स्थानीय सरकारले कोष खडा गर्नु पर्नेछ।

सरकारका प्रवक्ता, अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै स्थानीय तह र प्रदेश सरकारले स्थापना गर्ने कोषमा संघीय सरकारले पनि सहयोग गर्ने बताए।

स्थानीय तहले उपलब्ध गराउने राहतले लकडाउन अवधिको दैनिक आवश्यकता पूरा गर्ने मात्र हुनु पर्नेछ। यसका साथै मन्त्रिपरिषदले श्रमिकको चैत महीनाको पारिश्रमिक रोजगारदाताले दिनुपर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्