कोभिड-१९ रोकथाम र उपचारका लागि स्थानीय तहमा रकम पठाउने वागमती प्रदेश सरकारको निर्णय
हेटौंडा। वागमती प्रदेश सरकारले कोभिड-१९ रोकथाम तथा उपचारका लागि स्थानीय तहलाई रकम उपलब्ध गराउने निर्णय गरेको छ।
मुख्यमन्त्री डोरमणी पौडेल नेतृत्वको प्रदेशस्तरीय विपद व्यवस्थापन निर्देशक समितिको बैठकले महानगरका समितिलाई २० लाख उपमहानगरलाई १५ लाख, नगरपालिकालाई १२ लाख र गाउँपालिकालाई १० लाख रूपैयाँका दरले रकम दिने निर्णय गरेको हो।
त्यस्तै जिल्ला समन्वय समितिमा बनेको विपद व्यवस्थापन समितलाई पाँच लाख रकम उपलब्ध गराउने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले जानकारी दिए।
हिजै, १६ चैतमा बसेको मन्त्रिपरिषद् बैठकबाट कोरोना भाईरस सङ्क्रमण, नियन्त्रण तथा उपचार सहयोग कार्यबिधी पनि स्वीकृत गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्