"> नेपालमा अहिलेसम्म ९१७ जनाको कोभिड-१९ परीक्षण, ९१२ जनाको रिपोर्ट नेगेटिभ: Dekhapadhi
नेपालमा अहिलेसम्म ९१७ जनाको कोभिड-१९ परीक्षण, ९१२ जनाको रिपोर्ट नेगेटिभ
काठमाडौं। कोरोना भाइरस संक्रमणको आशंकामा नेपालम हालसम्म ९१७ जनाको नमूना परीक्षण गरिएको छ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो अद्यावधिक तथ्यांक अनुसार तीमध्ये ९१२ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हुँदै आएको कोभिड-१९ को परीक्षण हिजोदेखि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पनि शुरू भएको छ।
क्रमश: अन्य प्रदेशहरूमा पनि नमूना परीक्षणको लागि प्रयोगशाला स्थापना गर्ने तयारी भइरहेको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बताएका छन्।
नेपालमा पाँचजनामा कोभिड-१९ देखिएको छ। शुरूमा पोजेटिभ देखिएका एक जना निको भइसकेका छन्।
अन्य चारजनाको आइसोलेसनमा उपचार भइरहेको छ।
कोरोना भाइरस संक्रमितमध्ये दुईजना टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत् छन्।
हाल टेकु अस्पतालको आइसोलेसन कक्षमा कोभिड-१९ को आशंकामा चारजनाको उपचार भइरहेको छ।
त्यस्तै पाटन अस्पतालमा छजना र कान्ति बाल अस्पतालमा एक जना उपचाररत् रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्