चिनियाँ राष्ट्रपति सीको भ्रमणः सुरुङमा सुरुवात, रेलमा अध्ययन
काठमाडौं। चीनले केरुङबाट काठमाडौं जोड्ने सडक निर्माणलाई उच्च प्राथमिकता दिएको छ।

करिब २४ किलोमिटर लम्बाइ समेट्ने दुई सुरुङ बनाएर सडक स्तरोन्नती गर्न चीनले नेपाललाई सघाउने भएको छ।

सडकसँगै रेलमार्ग निर्मणमा पनि सघाउने चिनियाँ राष्ट्रपति सी चिनफिङले वचन दिएका छन्।

काठमाडौंको टोखाबाट नुवाकोटको छहरेसम्म एउटा सुरुङमार्ग खोल्ने नेपालको प्रस्तावमा आज सहमति हुँदै छ। सडक विभागका अनुसार टोखा–छहरे सुरुङ मार्ग करिब चार किलोमिटर हुनेछ।

त्यस्तै रसुवाको बेत्रावतीबाटी स्याफ्रुबेंसी जोड्ने अर्को सुरुङमार्ग पनि चिनियाँ सहयोगमा निर्माण हुने आजको नयाँ पत्रिकामा खबर छापिएको छ।

समझदारीपत्रमा हस्ताक्षर भएसँगै सुरुङमार्गको अध्ययन सुरु हुनेछ। आज उच्चस्तरीय वार्तामा यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय शीतलनिवासमा हिजो साँझ भएको भेटवार्तामा सीले केरुङ हुँदै काठमाडौं जोड्ने रेलमार्ग निर्माण चुनौतीपूर्ण भए पनि चीनले सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्