गण्डकी प्रदेशको कोभिड-१९ कोषमा १४ लाख ८० हजार १३० रूपैयाँ जम्मा गर्ने नेकपा संसदीय दलको निर्णय
कास्की। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गण्डकी प्रदेशसभा संसदीय दलले गण्डकी कोभिड-१९ कोषमा १४ लाख ८० हजार १३० रूपैयाँ जम्मा गर्ने भएको छ ।

कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको सो कोषमा मुख्यमन्त्री तथा मन्त्रीहरुले एक महीनाको तलब उपलब्ध गराउने छन्।

प्रदेशसभा सदस्यहरुले न्यूनतम १५ दिन तथा अधिकतम इच्छाअनुसार पारिश्रमिक उपलब्ध गराउने निर्णय भएको संसदीय दलका सचेतक गायत्री गुरुङले बताए।

गण्डकी प्रदेशसभामा नेकपाका ४० सदस्य छन्।

प्रदेश सरकारले नियुक्त गरेका पदाधिकारीहरुले समेत उक्त कोषमा एक महीनाको पारिश्रमिक जम्मा गर्नेछन्। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्