कोभिड-१९ को आशंकामा प्रदेश १ मा ११ जनाको आइसोलेसनमा उपचार हुँदै

विराटनगर। कोरोना भाइरस संक्रमणको आशंकामा प्रदेश १ का विभिन्न अस्पतालमा ११ जनाको उपचार भइरहेको छ।

प्रदेश आपतकालिन कार्य संचालन केन्द्र विराटनगरले हिजो, १६ चैतमा अद्यावधिक गरेको तथ्यांक अनुसार उनीहरूको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अञ्‍चल अस्पताललगायतमा उपचार भइरहेको छ।

त्यस्तै पछिल्लो समयमा विदेशबाट फर्किएका ११७ पुरुष र ६२६ महिला गरी कूल ७४३ जना होम क्वारेन्टाइनमा बसेका छन्।

प्रदेश १ भरी १७५ स्थानमा दुई हजार ९४१ बेड क्षमताको क्वारेन्टाइन बनाइएको छ। त्यहाँ ४८७ जना रहेकोमा ८८ जना घर फर्किएका छन्।

यहाँबाट कोभिड-१९ को शंकास्पद ३१ जनाको थ्रोट स्वाब नमूना परीक्षणको राष्‍ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएकोमा २३ जनाको रिपोर्ट नेगेटिभ आएको छ।

परीक्षणकै क्रममा रहेको बाँकी ८ जनाको रिपोर्ट आउन बाँकी छ।

त्यस्तै ४३ स्थानमा २५७ वटा आइसोलेसन बेड र ३० स्थानमा ३७८ आइसीयू बनाइएको छ।

हिजैदेखि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट कोभिड-१९ को नमूना परीक्षण थालिएको छ।

प्रतिक्रिया दिनुहोस्