कोभिड-१९ सँग जुध्न देशभरका सहकारीहरूलाई सहकारी विभागले पठायो यी ६ कार्यसूची
<p>काठमाडौं। सहकारी विभागले लकडाउनको समयमा विश्वव्यापी महामारी बनेको कोभिड-१९ को नियन्त्रणका लागि काम गर्न देशभरीका सहकारीहरूलाई छ बुँदे कार्यसूचीसहित अनुरोध गरेको छ।</p>
<p>विभागले सबै सहकारीहरूलाई स्थानीय प्रशासनसँग समन्वय गरेर आफ्ना सदस्यहरूलाई सेवा दिन र सबै प्रकृतिका खाताहरू नियमित रूपमा संचालन गर्न अनुरोध गरेको छ।</p>
<p>त्यस्तै सदस्यहरूको जीवन निर्वाहका लागि भुक्ता तथा कर्जा प्रवाहको व्यवस्था मिलाउन, उपभोक्ता सहकारी संस्थाहरूले उत्पादन गरेका सामग्रीको सहज वितरण गर्न, कोभिड-१९ बारे सबै माध्यमबाट सचेतना फैलाउने र सुरक्षा सामग्री वितरण गर्ने साथै शंकास्पद बिरामी देखिए अस्पतालसम्म पुर्‍याउन सबै सहकारीमा अनुरोध गरिएको विभागका शाखा अधिकृत देवराज लुइटेलले बताए।</p>
प्रतिक्रिया दिनुहोस्