काठमाडौं। म्यानचेस्टर सिटीका मिडफिल्डर इलके गुन्डोगनले जारी इङ्लिस प्रिमियर लिगको सिजन टुंगिएन भने लिगको उपाधि लिभरपुललाई दिंदा निष्पक्ष हुने बताएका छन्।
कोभिड-१९ का कारण इङ्ल्यान्डमा ३० अप्रिलसम्मका लागि सम्पुर्ण फुटबल गतिबिधि स्थगित भएको छ। फुटबल स्थगित हुनुअघि लिभरपुलले साविक विजेता सिटीलाई २५ अंकले पछि पारेको छ। लिभरपुलले अब दुई खेल जितेमा ३० वर्षपछि प्रिमियर लिगको उपाधि जित्ने थियो।
गुन्डोगनले लिगको जारी सिजन नटुंगिएमा लिभरपुलाई उपाधि दिनु उपयुक्त हुने बताए। जर्मन ब्रोडकास्टर जेडीएफसँग २९ वर्षे गुन्डोगनले भने, ‘‘त्यसो गर्दा फरक पर्दैन। स्पोर्ट्सपर्सनका रुपमा भन्दा त्यो निष्पक्ष हुनेछ।’’
३० अप्रिलसम्मका लाग स्थगित भएको प्रिमियर लिग अझै लामो समयसम्म रोकिने सम्भावना छ। युरोपियन फुटबल महासंघका अक्ष्यक्ष एलेक्सान्डर सेफेरिनले शनिबार जुन अन्तिमसम्म पनि शुरू भएन भने यो सिजन त्यतिकै खेर जान सक्ने बताइसकेका छन्।
सिजन यत्तिकै सकियो भने फुटबल अधिकारीहरूले प्रिमियर लिगको शीर्ष स्थान र पुछारमा रहने टीमहरूका लागि कठोर निर्णय लिनु पर्ने गुन्डोगनले बताए। उनले थपे, ‘‘यहाँ थुप्रै विकल्पहरू हुनसक्छ। तर यो सिजन यत्तिकै सकियो भने राम्रो प्रदर्शन गरेका क्लबहरूलाई सुखद हुदैन। त्यस्तै जसले राम्रो प्रदर्शन गरेनन् र रेलिगेशन क्षेत्रमा छन्, तिनीहरूका लागि नि राम्रो हुदैन।’’
गुन्डोगनले इङ्लिस क्लबहरूले पनि युभेन्टस तथा बायर्न म्युनिख र बोरुसिया डर्टमण्डले जस्तै तलब कटौती गर्ने निर्णय गरे त्यो आफुलाई स्विकार्य हुने बताएका छन्। उनले भने, ‘‘यसमा मलाई कुनै आपत्ति छैन। तथापी इङ्ल्यान्डमा अहिलेसम्म यसबारे कुनै छलफल भएको छैन।’’