धावनमार्ग छाडेको केहीबेरमै ल्यान्ड गरिएका दुई सैनिक जहाज पुनः उड्ने तयारीमा
स्वास्थ्य सामग्री लिएर प्रदेश १ को विराटनगर र सुदूरपश्चिम प्रदेशको धनगढीका लागि उडान भरेलगत्तै चालक दलका सदस्यले पुनः काठमाडौं विमानस्थलमै जहाज आकस्मिक अवतरण गराएका थिए।
जहाजभित्र राखिएको स्यानिटाइजरको गन्ध निस्केपछि चालक दलका सदस्यले उडान भरेलगत्तै फर्काएर विमास्थलमा ल्यान्ड गराएको विमानस्थल स्रोतले जानकारी दिएको छ।
“धावन मार्ग छाडेलगत्तै पुनः ल्यान्ड गराइएको रहेछ”, नागरिक उडडयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले भने,“फेरि उड्ने तयारीमा रहेको चालक दलका सदस्यले टावरलाई जानकारी दिइसकेका छन्।"
सामान पुनः प्याक गरेर उड्ने तयारी भइरहेको जनाइएको छ।
प्रवक्ता क्षेत्रीले सुर्खेतका लागि उडेको जहाज भने पुग्न लागेको जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्