कोभिड-१९ विरुद्ध काम गर्ने बेलामा सुदूरपश्‍चिम प्रदेशका अधिकांश मन्त्रालय सचिवबिहीन
कैलाली। कोभिड-१९ विरुद्ध राज्यका संयन्त्र जुट्नुपर्ने यो बेला सुदूरपश्चिम प्रदेशका मन्त्रालयहरू भने सचिवविहीन छन्।

सुदूरपश्चिम प्रदेशमा यतिबेला प्रमुख सचिव नै छैनन्।

प्रदेशका प्रमुख सचिव बालकृष्ण घिमिरे करीब तीन साताअघि अवकाश पाएपछि अर्जुनकुमार पोखरेलले निमित्त प्रमुख सचिवको जिम्मेवारी पाएका थिए।

पोखरेल पनि काठमाडौं गएपछि अहिले सचिवको जिम्मेवारी निमित्तको रूपमा  किशोरकुमार चौधरीले सम्हालेका छन्।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव पनि काठमाण्डौंमै छन्। मन्त्री प्रकाश शाहसंगै काठमाडौं गएका सचिव कृष्ण रावत मन्त्री फर्केपनि फर्किएका छैनन्।

त्यस्तै भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव इन्द्रदेव भट्ट पनि बैतडीको श्रीकोटमा रहेको आफ्नो घरमा परिवारसहित बसिरहेका छन्।

सचीव भट्टले कामको अनुगमन गर्न बैतडी आएको बेला लकडाउनमा फसेको बताए।

"गाडीको तेल पनि सकियो, लकडाउन पनि भयो धनगढी फर्कन सकिन", भट्टले भने।

उता वन, वातावरण, उद्योग तथा पर्यटन मन्त्रालय सचिव डा. दीपककुमार खरालको सरुवा भएको तीन साता बित्दा पनि उनको ठाउँमा नयाँ सचिव आएका छैनन्।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.किसनलाल भट्ट पनि यतिबेला धनगढीमा छैनन । उनी परिवारसहित बैतडीमा छन्।

तर, सामाजिक विकास मन्त्रालयका सचिव हरी लम्साल र आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमनराज अर्याल भने धनगढीमै छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्