लकडाउन उल्लंघन गर्ने २०१ सवारीसाधन नियन्त्रणमा
काठमाडौं। उपत्यकाबाट लकडाउन उल्लंघन गर्ने २०१ सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ।

ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारी अनुसार आज बिहान १० बजेसम्ममा उपत्यकाको विभिन् स्थानबाट ती सवारीसाधन नियन्त्रणमा लिइएको हो।

नियन्त्रणमा लिइएका सवारीसाधनहरूमा १८८ वटा दुई पांग्रे र १३ वटा चार पांग्रे सवारी छन्।

कोभिड-१९ फैलिन नदिन सरकारले देशैभर लकडाउन लागू गरेको छ।

११ चैतदेखि एक साताको लागि घोषणा गरिएको लकडाउन हिजोको मन्त्रिपरिषद बैठकले २५ चैत राति १२ बजेसम्म लम्ब्याउने निर्णय गरेको छ।

कोरोना भाइरस संक्रमणको जोखिमप्रति सावधानि अपनाउँदै नागरिकलाई घरभित्रै सुरक्षित रूपमा बस्न र अनुरोध गरिएको छ।

तर, लकडाउनको अटेर गरेर कामबिना बाहिर निस्किनेलाई प्रहरीले पक्राउ गर्नुका साथे सवारीसाधन नियन्त्रणमा लिँदै आएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्