ग्यास सिलिन्डर बोकाएर सडकमै यातना दिने प्रहरीमाथि छानबिन थालियो

काठमाडौं। नेपाल प्रहरीले हिजो लकडाउनका क्रममा ग्यास सिलिन्डर बोकेका एक व्यक्तिलाई काँधमा सिलिन्डर बोक्न लगाएर बीच सडकमा बसाएर यातना दिने प्रहरी कर्मचारीमाथी छानबिन भइरहेको जनाएको छ।

नेपाल प्रहरीले आफ्नो फेसबुक पेजमार्फत् उक्त कार्यलाई गम्भिरतापूर्वक लिएको र आवश्यक छानबिन भइरहेको जनाएको हो।

सामाजिक संजालमा प्रहरी कर्मचारीले सर्वसाधारणलाई ग्यासको सिलिन्डर बोकाएर सडकमा बसाएको तस्वीर भाइरल भएपछि प्रहरीको चर्को आलोचना भइरहेको छ।

सामाजिक संजालकै माध्यमबाट यातना दिने प्रहरीलाई कारबाही गर्न माग बढेसँगै प्रहरीले छानबिन प्रक्रिया शुरू गरेको सार्वजनिक गरेको हो।

लकडाउनकै क्रममा केहीदिन अघि पनि विभिन्न जिल्लाहरुमा लाठीले प्रहार गरेको, मुर्गा बनाएको लगायतका तस्वीर र भिडिओ पनि सार्वजनिक भएका थिए।

प्रहरीले ती घटनामा पनि अमानवीय कार्य भएको भन्दै संलग्नलाई विभागीय कारबाही भइरहेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्