सुदूरपश्चिममा ४३ जनाको नमूना संकलन
<p>कैलाली । कोरोना भाइरस संक्रमणको आशंकामा सुदूरपश्चिमबाट अहिलेसम्म ४३ जनाको नमूना संकलन गरिएको छ। प्रदेश जनस्वास्थ्य प्रयोगशालाका अनुसार अहिलेसम्म कैलाली, कञ्चनपुर बाजुरा, बैतडी, डडेल्धुरा र डोटीबाट थ्रोट स्वाब संकलन गरिएको हो।</p>
<p>तीमध्ये ३२ जनाको नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पुगेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निरीक्षक रामप्रसाद ओझाले जानकारी दिए। </p>
<p>उनका अनुसार हालसम्म २५ जनाको रिर्पोट आइसकेको छ। तीमध्ये एकजनामा मात्र कोभिड-१९ पोजेटिभ देखिएको छ।</p>
<p>त्यस्तै, थप ११ जनाको थ्रोट स्वाब काठमाडौं पठाउन बाँकी रहेको ओझाले जानकारी दिए। उनका अनुसार सेती प्रादेशिक अस्पतालबाट सात, महाकाली अस्पतालबाट तीन र डडेल्धुरा अस्पतालबाट एक जनाको स्वाब संकलन भएको हो । ती सबै सोमबार नेपालगञ्ज हुँदै हवाई मार्गबाट काठमाडौ पठाउने तयारी भइरहेको उनले जानकारी दिए ।</p>
प्रतिक्रिया दिनुहोस्