सीमा बन्द हुँदा धार्चुलामा अलपत्र नेपाली महाकाली पौडेर भित्रिँदै, एकजना पक्राउ (भिडिओसहित)

दार्चुला । सीमा नाका बन्द हुँदा भारतमा अलपत्र परेका नेपालीहरू महाकाली नदीमा पौडेर नेपाल भित्रिन थालेका छन्।

उनीहरू ट्युबको सहायतामा घर आउन थालेका हुन्।

महाकाली नदीमा पौडी खेलेर नेपाल आएका एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बैतडीको डिलाशैनी गाउँपालिका- १ कोटपेट्टराका ४८ वर्षीय इन्द्रराज खत्री रहेका छन्।

उनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।

प्रहरी नियन्त्रणमा रहेका खत्रीले सीडीओसँग पुल खोलेर अलपत्र परेका नेपालीलाई घर फर्काउन पहल गरिदिन आग्रहका लागि नेपाल छिरेको बताएको प्रहरीले जनाएको छ ।

भारतको रीमामा मजदुरी गर्दै आएका खत्री लकडाउनका कारण सीमा बन्द हुँदा धार्चुलामा चार दिनदेखि अलपत्र परेका थिए।

यसअघि चार जना ट्युबमा चढेर नेपाल आएका थिए । लेकम गाउँपालिका वडा नम्बर-३ लालीबाट उनीहरू नेपाल प्रवेश गरेका हुन्।

लेकम गाउँपालिका-३ का वडा अध्यक्ष राजेन्द्रप्रसाद जोशीका अनुसार भारततर्फका नागरिकले उनीहरूलाई प्रतिव्यक्ति एक हजार रूपैयाँ लिएर ट्युबमा नेपाल तारिदिएका छन्।

भारतको पिथौरागढका विभिन्न स्थानमा मजदुरी गर्नेहरू कोरोना त्रासका कारण घर फर्किएका हुन्। उनीहरू सीमा नाका सिल गरिदाँ चारदिनदेखि सडकमै बस्न बाध्य छन् ।

उनीहरूलाई नेपाल ल्याउनका लागि उच्चस्तरीय समितिले निर्देशन दिइसकेको छ ।

तर, नेपाल ल्याएर उनीहरूको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्