कोरोना संक्रमित युवकको अवस्था सामान्य <p>कैलाली । सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना पोजेटिभ बिरामीको अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।</p> <p>उनलाई ११ चैतमा अस्पताल भर्ना गरिएको थियो । &#39;अस्पताल आउँदा जुन अवस्थामा थियो, अहिले पनि त्यस्तै छ,&#39; अस्पतालका प्रवक्ता डा. जगदिश जोशीले भने।</p> <p>ती युवक युएईको दुबईबाट भारतको राजधानी दिल्ली हुँदै ७ चैतमा काठमाडौँ आएका थिए। ८ चैतमा काठमाडौँबाट हवार्इ मार्गबाट नेपालगञ्ज र त्यहाँबाट सार्वजनिक यातायातमा धनगढी पुगेका थिए ।</p> <p>गत शुक्रबार उनमा कोरोना संक्रमणको पुष्टि &nbsp;भएको थियो ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्