को बन्ला गभर्नर ? ६ जनाको नाम चर्चामा
कामु गभर्नर सिवाकाेटीसँगकाे अन्तर्वार्ताः ‘वित्तीय स्थायित्व मजबुत हुनेगरी राहत प्याकेज ल्याएका छौं, आवश्यक परे थप योजना ल्याउँछौं’

" /> को बन्ला गभर्नर ? ६ जनाको नाम चर्चामा
कामु गभर्नर सिवाकाेटीसँगकाे अन्तर्वार्ताः ‘वित्तीय स्थायित्व मजबुत हुनेगरी राहत प्याकेज ल्याएका छौं, आवश्यक परे थप योजना ल्याउँछौं’

"> अर्थमन्त्रीको नेतृत्वमा बन्यो गभर्नर सिफारिस समिति, भट्टराई र बास्कोटा सदस्य: Dekhapadhi
अर्थमन्त्रीको नेतृत्वमा बन्यो गभर्नर सिफारिस समिति, भट्टराई र बास्कोटा सदस्य
काठमाडौं। नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्तिको लागि सरकारले सिफारिस समिति गठन गरेको छ।

१६ चैतमा बसेको मन्त्रीपरिषद्को बैठकले गनर्भर नियुक्तिको लागि सिफासिर गर्न समिति बनाएको हो।

मन्त्रीपरिषद्का एक सदस्यले देखापढीलाई दिएको जानकारी अनुसार, पूर्व गभर्नर विजयनाथ भट्टराई र पूर्व अर्थसचिव कृष्णहरि बास्कोटा सदस्य रहने गरी अर्थमन्त्री युवराज खतिवडाको संयोजकत्वमा गभर्नर सिफारिस समिति बनेको हो।

एक मन्त्रीले भने, “राष्ट्र बैंकको गभर्नर सिफारिसको लागि अर्थमन्त्रीको संयोजकत्वमा समिति बनाउने निर्णय भएको छ।”

नेपाल राष्ट्र बैंक ऐनअनुसार, अर्थमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समितिले गभर्नरको लागि तीन जनाको नाम सिफारिस गर्नुपर्छ।

समितिले सिफारिस गरेको तीन जनामध्येबाट एक जनालाई मन्त्रीपरिषदले नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्ति गर्ने कानूनी व्यवस्था छ।

गभर्नरको कार्यकाल सकिनुभन्दा एक महीना अगाडी नै नयाँ गभर्नर नियुक्त भइसक्नुपर्ने भए पनि सरकाले ढिलो गरेर गनर्भर नियुक्तिको प्रक्रिया शुरू गरेको हो।

राष्ट्र बैंकमा गभर्नर रहेका डा. चिरञ्जिवी नेपालको पाँच वर्षे कार्यकाल गत ४ चैतमा सकिए यता नेपाल राष्ट्र बैंकमा गभर्नरको पद खाली छ। अहिलेका लागि सरकारले डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीलाई कामयमुकाय गभर्नरको जिम्मेवारी दिएको छ।

को–को छन् गभर्नरको आकांक्षी?

गभर्नर वित्तीय क्षेत्रकै ‘ग्ल्यामरस्’ पद हो। गभर्नरकै हस्ताक्षरमा देशको मुद्रा (पैसा) जारी हुन्छ। यो ग्ल्यामरस् कुर्सीमा पुग्न अहिले चिन्तामणि शिवाकोटी, महाप्रसाद अधिकारी, राजन खनाल, लालशंकर घिमिरे, डा. मीनबहादुर श्रेष्ठ र किरणकुमार श्रेष्ठ लगायत दौडमा छन्। यी नाममध्ये राष्ट्र बैंकका डेपुटी गभर्नर शिवाकोटी अहिले कायममुकायम गभर्नर बनेका छन्।

गभर्नरका अर्का दाबेदार महाप्रसाद अधिकारी अहिले नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन्। उनी अर्थमन्त्री डा. खतिवडा राष्ट्र बैंकमा गभर्नर रहँदा डेपुटी गभर्नर थिए। डा. चिरञ्जिवी नेपाल गभर्नर बन्ने बेलाको सिफारिस समितिले अधिकारीको नाम पनि राष्ट्र बैंकको गभर्नरमा सिफारिस गरेको थियो।

अर्थसचिवको रूपमा अर्थमन्त्री डा. युवराज खतिवडाका विश्वास जितेका डा. राजन खनाल पनि गभर्नर बन्ने दौडमा छन्। अर्थ सचिवबाट फागुनमा अवकाश भएका खनाल अर्थ सचिवको रूपमा राष्ट्र बैंक सञ्चालक समितिको सदस्य पनि थिए।

प्रधानमन्त्रीका आर्थिक सल्लाहकार रहेका लालशंकर घिमिरे राष्ट्र बैंकको नेतृत्वमा पुग्न सबै प्रयास गरिरहेका छन्। अर्थ मन्त्रालयको राजस्व सचिवबाट अवकाशका पाएका उनी गत कात्तिक अन्तिम साता प्रधानमन्त्रीको आर्थिक सल्लाहकार बन्न पुगेका थिए।

अर्थविद् डा. मीनबहादुर श्रेष्ठ पनि भावी गभर्नरको रूपमा हेरिएका व्यक्ति हुन्। डा. युवराज खतिवडा गभर्नर हुँदा राष्ट्र बैंकको अनुसन्धान विभागमा कार्यकारी निर्देशक भएर काम गरेका श्रेष्ठलाई पुष्पकमल दाहालले आफ्नो प्रधानमन्त्रीत्वकालमा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाएका थिए।

भावी गभर्नरको रूपमा खासै चर्चामा नआएका तर, भित्रीरूपमा उच्च राजनीतिक पहुँचमा रहेका अर्का व्यक्ति हुन् किरणकुमार श्रेष्ठ। राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ नेपाल बैंकका पूर्वकर्मचारी हुन्। नेपाल बैंकमा असिस्टेन्ट जनरल म्यानेजर भएका उनी नेकपाका महासचिव विष्णु पौडेल अर्थमन्त्री हुँदा राष्ट्रिय वाणिज्य बैंकमा सीईओ भएर आएका हुन्। उनी पनि गभर्नर बन्ने प्रयासमा छन्।

पढ्नुहाेस्

को बन्ला गभर्नर ? ६ जनाको नाम चर्चामा
कामु गभर्नर सिवाकाेटीसँगकाे अन्तर्वार्ताः ‘वित्तीय स्थायित्व मजबुत हुनेगरी राहत प्याकेज ल्याएका छौं, आवश्यक परे थप योजना ल्याउँछौं’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्