स्वास्थ्य सामग्री लिएर धनगढी र विराटनगर उड्यो सैनिक जहाज

काठमाडौं। अकस्मात अवतरण गरिएको स्वास्थ्य सामग्री बोकेको नेपाली सेनाको स्काइ ट्रकले पुनः उडान गरेको छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले विराटनगर र धनगढीका लागि सामान बोकेर जहाज उडिसकेको जानकारी दिए।

आज बिहान प्रदेश १ को विराटनगर, सुदूरपश्चिमको धनगढी र कर्णाली प्रदेशको सुर्खेतमा कोभिड-१९ को परीक्षण र उपचारमा प्रयोग हुने अत्यावश्यक स्वास्थ्य सामग्री लिएर तीन वटा स्काइ ट्रक उडेका थिए।

सुर्खेत उडेको जहाज गन्तव्यमा पुगे पनि धनगढीका लागि ७ बजेर ३० मिनेटमा काठमाडौं विमानस्थलको धावनमार्गबाट उडेको जहाज पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ७ बजेर ४५ मिनेटमा आकस्मिक अवतरण गरिएको थियो।

जहाजमा स्यानिटाइजरको गन्ध आएर बीचबाटै धनगढीका लागि उडेको जहाज पुनः अवतरण गरेपछि विराटनगरका लागि उड्ने तयारीमा रहेको जहाजले पनि उडान रद्द गरेको थियो।

अन्य प्रदेशहरुमा भने गाडीबाट नै सामान ढुवानी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्